गगन थापा भन्छन् – कांग्रेसका मन्त्री फिर्ता बोलाऔ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गगन थापा भन्छन् – कांग्रेसका मन्त्री फिर्ता बोलाऔ

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०८०, आईतवार

    काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा मन्त्री भएकाहरूलाई फिर्ता बोलाएर फ्लोरबाटै अहिलेको सरकारलाई समर्थन गरेर बस्नुपर्ने प्रस्ताव गरेका छन्।पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा कांग्रेसका नौ जना मन्त्री छन्।

    कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा बोल्दै थापाले अबको केही समय समाजवादी मोर्चालाई मात्रै चलाउन दिनेबारे बहसको प्रस्ताव गरेका हुन्।

    ‘नेकपा माओवादी, जसपा, एकीकृत समाजवादीलगायत मिलेर समाजवादी मोर्चा बनाउनु भएको छ। यो दुई, अढाइ वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ,’ उनले भने, ‘पहिले प्रचण्डजी र त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने छ। उहाँहरूको एकै मोर्चा समाजवादी र पार्टी एकै बनाउने भन्नुभएको छ। मलाई लाग्छ कि कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऔं, अढाइ वर्ष उहाँहरूलाई चलाउन दिऔं। हामी फ्लोरबाट समर्थन गरौं।’त्यसपछि कांग्रेसले सरकार चलाउन पाउनुपर्ने उनले बताए। ‘कांग्रेसले एक्लै सरकार चलाउँछ, जस भए पनि अपसज भए पनि कांग्रेसले लिन्छ,’ उनले भने, ‘होइन भने त काम नै नहुने भयो।’