काठमाडौ । बझाङ केन्द्रविन्दु भएर बुधबार पनि चार पटक भूकम्प गएको छ । बुधबार बिहानदेखि चार पटक धक्का महशुस भइसकेको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ४.१ र ४.३ रेक्टरको धक्का महशुस भएको छ ।
मंगलबार दिउँसो ६.३ र ५.३ रेक्टरको भूकम्प गएपछि बझाङमै पटक-पटक धक्का महशुस भइरहेको छ।