विश्वकप क्रिकेट : भारत र अष्ट्रेलिया भिड्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विश्वकप क्रिकेट : भारत र अष्ट्रेलिया भिड्दै

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०८०, आईतवार

    काठमाडौ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र अष्ट्रेलिया खेल्दैछन् । घरेलु टोली भारत र अष्ट्रेलियाबिचको खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे चेन्नईमा शुरु हुनेछ । अष्ट्रेलिया एकदिवसीय विश्वकपमा सबैभन्दा सफल टोली हो । उसले पाँच पटक विश्वकप जितेको छ।

    भारत र वेस्ट इन्डिजले समान दुई/दुई पटक तथा श्रीलङ्का, पाकिस्तान र इङ्ल्यान्डले एक/एक पटक उपाधि जितेका छन् । विश्वकप क्रिकेटमा आयोजक भारतसहित अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० वटा देश सहभागी छन् । १३ औँ संस्करणको विश्वकपमा न्युजिल्यान्ड, पाकिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाले विजयी शुरुवात गरेका छन्।