इजरायलबाटै फोन गरेर बुवालाई प्रविणले भने : अब चिन्ता नगर्नुस्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इजरायलबाटै फोन गरेर बुवालाई प्रविणले भने : अब चिन्ता नगर्नुस्

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०८०, सोमबार

    काठमाडाै । इजरायलमा प्यालेस्टाइनी हमास समूह​काे आक्रमणमा परी घाइते भएका दाङको दंगिशरण गाउँपालिका–३, हेकुलीका प्रवीण डाँगीले अब आफ्नो बारेमा चिन्ता नलिन परिवारलाई आग्रह गरेका छन् । हमासले इजरायलमा आक्रमण गरेसँगै प्रवीण शनिवार बिहान ११ बजेदेखि सम्पर्कबिहीन भएका थिए ।

    आइतवार दिउँसो इजरायलस्थित अस्पतालको शैय्याबाट नर्सको मोबाइलमार्फत उनले परिवारलाई सम्पर्क गरेको बुवा निमबहादुर डाँगीले बताए । इजरायलमा आक्रमण भएको र त्यसमा नेपाली पनि परेको खबर सुनेपछि डाँडीको परिवार बेचैन थियो । प्रवीण खतरामुक्त रहेको बताइएको छ ।

    बुवा निमबहादुरका अनुसार प्रवीणलाई गोली लागेको छ । उनका दुवै खुट्टामा गोली लागेकाे छ । जसमध्ये एउटाको शल्यक्रिया भइसकेको छ ।