विश्वकप क्रिकेट : अफगानिस्तानले पाकिस्तानलाई हरायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विश्वकप क्रिकेट : अफगानिस्तानले पाकिस्तानलाई हरायो

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०८०, सोमबार

    चेन्नई । भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तान अफगानिस्तानसँग ८ विकेटले पराजित भएको छ । एकदिवसीय क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई हराएको यो पहिलो अवसर हो ।

    पाकिस्तानले जीतका लागि प्रस्तुत गरेको २ सय ८२ रनको लक्ष्य अफगानिस्तानले ४९ ओभरमा मात्र २ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो । टोलीका लागि ओपनरद्वय रहमानुल्लाह गुरबाज र इब्राहिम जाडरानले शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । गुरबाजले ६५ रन तथा जाडरानले ८७ रनको पाली खेले ।

    त्यसपछि रहमत शाहले ७७ रन र कप्तान हस्मतुल्लाह शाहिदीले ४८ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्‍याए । ठुला टोलीविरुद्ध अफगानिस्तानले यो प्रतियोगितामा हासिल गरेको यो दोस्रो जीत हो । यसअघि इंग्ल्याण्ड अफगानिस्तानसँग स्तब्ध बनेको थियो । यता पाकिस्तानले भने सुरुवाती दुई खेल जिते यता लगातार तेस्रो हार बेहोर्न बाध्य बनेको छ ।

    यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको थियो ।  टोलीका लागि कप्तान बाबर आजमले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ९२ बलमा ४ चौका र एक छक्का हिर्काए ।

    त्यस्तै, ओपनर अब्दुल्लाह सफिकले ५८ रन बनाए भने शादाब खान र इफ्तिकार अहमदले समान ४०–४० रन बनाए । अफगानिस्तानका लागि युवा खेलाडी नूर अहमदले ३ विकेट लिए भने नवीन उल हकले २ विकेट लिए ।