विश्वकप क्रिकेट : डिफेन्डिङ च्याम्पियन श्रीलंकासामु स्तब्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विश्वकप क्रिकेट : डिफेन्डिङ च्याम्पियन श्रीलंकासामु स्तब्ध

    खबरपुञ्ज संवाददाता

    ८ कार्तिक २०८०, बिहीबार

    काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंकाले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई आठ विकेटको जित निकाल्दै स्तब्ध पारेको छ। 

    भारतको बैंग्लुरुमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्याण्ड ३३ दशमलव २ ओभरमा १५६ रन मात्र बनाउँदै अलआउट भएको थियो। 

    १५७ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले २५ दशमलव ४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

    इंगल्याण्डका ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए। तर, थप १०१ रन जोड्दा सबै विकेट गुमायो।बेन स्टोकले सर्वाधिक ४३ रन बनाए। बेयरस्टो ३० र मालन २८ रनमा आउट भए।