अब यी आइफोन र एन्ड्रोइड फोनमा चल्नेछैन ह्वाट्सएप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अब यी आइफोन र एन्ड्रोइड फोनमा चल्नेछैन ह्वाट्सएप

    खबरपुञ्ज संवाददाता

    ११ कार्तिक २०८०, शनिबार

    एजेन्सी । मेटा कम्पनीको स्वामित्वमा रहेको मेसेजिङ एप ह्वाट्सएपले विभिन्न पुराना मोडेलका आइफोन तथा एन्ड्रोइड फोनमा सपोर्ट बन्द गरेको छ ।

    यही अक्टोबर २४ देखि लागूहुनेगरी एन्ड्रोइड ४.४ किटक्याट र त्यसभन्दा पुरानो अपरेटिङ सिस्टम भएका एन्ड्रोइड फोनका साथै आईओएस १० र आईओएस ११ मा चल्ने आइफोनमा ह्वाट्सएपको सपोर्ट बन्द गरिएको हो । योसँगै अब पुरानो अपरेटिङ सिस्टम भएका एन्ड्रोइड फोन तथा आइफोनमा ह्वाट्सएप चल्ने छैन ।

    ह्वाट्सएपका अनुसार पछिल्ला अपरेटिङ सिस्टममा ध्यान केन्द्रित गर्नका लागि पुराना अपरेटिङ सिस्टममा सपोर्ट बन्द गरिएको हो ।

    ह्वाट्सएपको आधिकारिक ब्लग पोस्टमा लेखिएको छ- केमा सपोर्ट बन्द गर्नुपर्छ भन्ने कुरा छनोट गर्नका लागि हरेक वर्ष हामीले अन्य प्रविधि कम्पनीहरुले जस्तै कुन डिभाइस र सफ्टवेयर पुरानो हो र सबैभन्दा कम मानिसहरुले त्यसको प्रयोग गरिरहेका छन् भन्ने कुरा हेर्दछौँ । ती डिभाइसमा सबैभन्दा पछिल्लो तथा अद्यावधिक सुरक्षा अपडेट नहुनुका साथै ह्वाट्सएप चलाउनका लागि आवश्यक कार्यक्षमताको पनि अभाव छ ।