रुम्सीमा अजिङ्गर फेला, वनमा बुझाइयाे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रुम्सीमा अजिङ्गर फेला, वनमा बुझाइयाे

    खबरपुञ्ज संवाददाता

    ११ मंसिर २०८०, मंगलवार

    दमाैली । तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सीमा अजिङ्गर फेला परेको छ । स्थानीयवासीले करिब चार मिटर लम्बाइ भएको अजिङ्गर फेला पारेका हुन् ।

    स्थानीयले उक्त अजिङ्गर डिभिजन वन कार्यालय तनहुँमा बुझाएका छन् । डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत काशीराज पण्डितले अजिङ्गरलाई वन कार्यालयमा सुरक्षित रुपमा राखिएको जानकारी दिए। घाइते अवस्थामा रहेको अजिङ्गरलाई सुरक्षित स्थानमा छाडिने उनले बताए ।

    उनले भने, “अजिङ्गरको ढाडमा चोट छ । केही दिनमा उक्त अजिङ्गरलाई सुरक्षित स्थानमा छाड्छौ ।”