सांसद श्रेष्ठद्वारा अपाङ्गता भएका युवालाई ह्विलचियर सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सांसद श्रेष्ठद्वारा अपाङ्गता भएका युवालाई ह्विलचियर सहयोग

    खबरपुञ्ज संवाददाता

    १३ मंसिर २०८०, बुधबार

    दमाैली । बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले तनहुँको देवघाट गाउँपालिका–१ कोटाका अपाङ्गता भएका युवालाई ह्विलचियर सहयोग गरेका छन् ।

    सांसद श्रेष्ठले कोटाका तुलबहादुर गुरुङका २० वर्षीय अपाङ्गता भएका छोरालाई एक थान ह्विलचियर सहयोग गरेका हुन् । उनका छोरा विगत पाँच वर्षदेखि अपाङ्गता छन् । एसइइ दिएपछि पाँच वर्ष अगाडी खोलामा पौडी खेल्ने क्रममा घाँटीको हड्डी भाँचिएपछि उनी हिँडडुल गर्न नसक्ने अवस्थामा छन् ।

    गुरुङले सांसद श्रेष्ठमार्फत् ह्विलचियर प्राप्त गरेकामा धन्यवाद ज्ञापन गरे । उनले भने, “यसअगाडी भएको साधारण ह्विलचियर बाबुको तौलका कारण प्रयोग गर्न समस्या भयो । सांसद श्रेष्ठले गुणस्तरीय र भरपर्दो ह्विलचियर सहयोग गरिदिनुभयो ।”

    सांसद श्रेष्ठले बाबुको बारेमा जानकारी पाउनेबित्तिकै ह्विलचियर सहयोग गरेको बताए । आफू विशेष परिस्थितिका कारण तनहुँ छाडेर बारामा निर्वाचन जितेपनि तनहुँका जनताका सुखदुखमा सदैव साथमै रहने प्रतिबद्धता जनाए । उनले भने, “तनहुँ मेरो जन्मथलो हो । विशेषकारणवश बाराबाट चुनाव जितेर सांसद छु । तनहुँका जनताको पीरमर्कामा सदैव साथमै हुनेछु ।”