‘पठाओ सुपरफेस्ट-२०२३’ शुरू हुँदै, काठमाडौंमा एलियन देखिनुको रहस्य खुल्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ‘पठाओ सुपरफेस्ट-२०२३’ शुरू हुँदै, काठमाडौंमा एलियन देखिनुको रहस्य खुल्यो

    खबरपुञ्ज संवाददाता

    ३ पुष २०८०, मंगलवार

    काठमाडौँ । अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओ नेपालले ‘पठाओ सुपरफेस्ट-२०२३’ आयोजना गर्ने घोषणा गरेको छ ।

    पठाओले पुस ५ (डिसेम्बर २१) देखि ‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ भन्ने नाराका साथ अहिलेसम्मकै ठूलो अफर सार्वजनिक गरेको हो ।

    सुपरफेस्टको नारा बमोजिम केही दिनदेखि एलियन भेषमा केही ब्यक्तिहरू पठाओको लोगो अंकित कपडा र झोलासहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा देखिएका छन् । कम्पनीले यसलाई गुरिल्ला मार्केटिङ भनेको छ । जुन नेपालमै पहिलो पटक गरिएको कम्पनीले जनाएको छ ।

    एलियनहरू पठाओको सुपरफेस्ट देखेर ब्रह्माण्डबाटै फुड खान आएको थिममा कम्पनीले यस्तो प्रचार गरेको हो ।

    सुपरफेस्टमा पठाओ फुडमा मात्र अफरहरू नभएर राइडहरूमा पनि टन्नै रमाइला अफरहरू रहेको पठाओकी मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् ।

    कम्पनीले बाइक तथा कार राइड र पठाओ फुडमा ८० प्रतिशतसम्म छुट हुने जनाएको छ । पठाओ सुपरफेस्ट यसअघि आयोजना भएको पठाओ फुड फेस्ट २०२३ भन्दा पनि भव्य हुने हमालले बताइन् ।

    यस फेस्टमा १ प्लेटमा २० वटा म:म:,  फ्राइज् किन्दा बर्गर फ्री, झोल किन्दा म:म: फ्री, एक रुपैयाँमै पिज्जा/ बर्गर/ म:म:/ बिर्यानी र आलु दममा रम फ्री लगायत सोच्नै नसकिने अफरहरू राखिएको हमालले जानकारी दिइन् ।

    उनका अनुसार,  अफरहरू हरेक दिन बिहान ९ बजेदेखि राति ९ बजेसम्म फ्ल्याश सेल्स तथा रेष्टुराँ अर्डरहरूमा ८० प्रतिशतसम्मको छुटजस्ता लोभलाग्दा अफर र पठाओ फुडमा निशुल्क डेलिभरीको सुविधा समेत दिइएको छ ।

    ग्राहकहरूलाई उपहारै उपहार

    पठाओले सुपरफेस्टमा उपभोक्ताहरूका लागि पुरस्कार नै पुरस्कारको व्यवस्था गरेको छ । कम्पनीका अनुसार ग्राहकले हरेक अर्डरमा स्योरशट प्राइजको स्क्र्याच कार्ड पाउनेछन् । जसमा हरेकले केही न केही पुरस्कार जित्ने निश्चित हुने हमालले बताइन् । ग्राहकहरूले टेली डाइरेक्टको एमआई फोन, रेड्मी नोट १२, रेड्मी बड्स लगायतको खरिदमा छुट पाउनेछन् ।

    सेवाग्राहीले चन्द्रागिरीबाट चल्ने बाबु एड्भेञ्चरको प्याराग्लाइडिङमा १००० रुपैयाँ तथा धुलिखेल जिपलाइनको तर्फबाट १२०० रुपैयाँको नगद भौचर प्राप्त गर्न सक्ने हमालले जानकारी दिइन् ।
    यस्तै वाशिङ मेसिन, भ्याकुम क्लिनर, माईक्रोवेभ ओभन, रेफ्रीजेरेटर, राइस कुकर जस्ता हिटाचीका उत्पादनहरू खरिद गर्दा ग्राहकहरूलाई २५ प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ ।
    यस्तै डिशहोम टिमीमा एक महिनाको रिचार्ज कार्ड निशुल्क दिइनुका साथै ‘डिश होम गो’मा ३ महिनाको सब्सक्रिप्सन निशुल्क ग्राहकले पाउनेछन् । कम्पनीका अनुसार, डिशहोम इन्टरनेटमा नयाँ सब्सक्राइबरहरूलाई ६ महिनाको इन्टरनेट सब्सक्रिप्सन नि:शुल्क दिइनेछ । साथै ११० एमबिपिएस र २१० एमबिपिएसको इन्टरनेट प्याकेजहरूमा २५ प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।

    यसबाहेक स्क्र्याच कार्डमा यति एअरलायन्सको फ्लाइट बुकिङमा २०० रुपैयाँ छुट, दराज एपमार्फत सामान खरिदमा १०० रुपैयाँसम्मको १० प्रतिशत छुट, इना सेन्टरबाट हरेक हप्ता एक जनालाई अफनान प्रफ्युम र सबै प्रफ्युमहरूको खरिदमा एक हजार रुपैयाँ छुट पाइनेछ ।

    सुपरफेस्टमा सहभागी हुने ग्राहकहरुले डोल्पो गियरका उत्पादन खरिदमा २० प्रतिशत छुटका साथै डोल्पो गोर्टेक्स फर ज्याकेट जित्ने मौका समेत पाउनेछन् ।

    कम्पनीका अनुसार, न्युम्युको उत्पादनहरूको खरिदमा १५ प्रतिशतसम्मको छुट भौचरसमेत ग्राहकहरूले पाउन सक्नेछन् ।

    कम्पनीका अनुसार, सुपरफेस्टमा बेस्ट पठाओ हिरोहरूले साइकल, मोबाइल फोन, ज्याकेट, इन्स्योरेन्स पोलिसी लगायतका उपहार जित्नेछन् ।

    कम्पनीले जति धेरै अर्डर गर्‍यो उति धेरै पुरस्कार जित्ने अवसर रहेको जनाएको छ ।

    साथै बम्पर उपहारमा एक जना भाग्यशाली विजेतालाई ५५ इन्चको ४के एमआई स्मार्ट एनड्रोइड टिभी प्रदान गरिने हमालले जानकारी दिइन् ।

    २१ दिनसम्म चल्ने यस क्याम्पेनमा टेली डाइरेक्ट, माछापुच्छ्रे बैंक, एभरेष्ट इन्स्योरेन्स, प्याङ्क बाइक्स, डिशहोम, दराज, डोल्पो गियर्स, इना सेन्टर, यति एअरलायन्स, धुलिखेल जिपलाइन, बाबु एड्भेञ्चर्सको चन्द्रागिरी प्याराग्लाइडिङ र न्युम्यु कम्पनीहरूसँग सहकार्य गरिएको पठाओले जनाएको छ । पठाओको यस सुपरफेस्ट पुस २५ गते सकिनेछ ।