दमाैली । आँबुखैरेनी गाउँपालिकामा वृहत स्वास्थ्य शिविर हुने भएको छ । प्रगतिशिल जनस्वास्थ्यकर्मी महासङ्घ नेपाल गण्डकी प्रदेश समिति, नेपाल प्रगतिशिल चिकित्सक महासङ्घ गण्डकी प्रदेश समिति, प्रगतिशिल जनस्वास्थ्यकर्मी महासङ्घ आँबुखैरेनीको प्राविधिक सहयोगमा शनिबार आँबुखैरेनी अस्पतालमा शिविर हुन लागेको हो ।
आँबुखैरेनी तथा आसपासका जनतालाई लक्षित गरी वृहत स्वास्थ्य शिविर आयोजना गरिएको प्रगतिशिल जनस्वास्थ्यकर्मी महासङ्घ आँबुखैरेनीका अध्यक्ष प्रमोद साहले जानकारी दिए ।
शिविरमा पेट तथा छातीरोग विशेषज्ञ प्रा.डा. बुद्धिबहादुर थापा, महिला तथा स्त्रीरोग विशेषज्ञ डा. कालिका भण्डारी, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. सरोजचन्द्र दाहाल, दन्तरोग विशेषज्ञ डा. पुरन विश्वकर्मा, नाक कान तथा घाँटीरोग विशेषज्ञ डा. विक्रमबाबु कार्की, जनरल फिजिसियन डा. डिबी क्षेत्री, डा. रामहरि दाहाल, डा. सन्तोष बानियाँले परीक्षण गर्नेछन् ।
शिविरमा ल्याब, एक्सरेको सेवा समेत निःशुल्क उपलब्ध गराइनेछ ।