लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा बुधबार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा बुधबार

    खबरपुञ्ज संवाददाता

    ७ पुष २०८०, आईतवार

    काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

    न्यायाधीश शिशिरराज ढकालको इजलासमा आजदेखि निरन्तर सुनुवाइ सुरु गरिएको र बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा बुधबारका लागि राखिएको हो । सोमबार र मङ्गलबार सार्वजनिक बिदा अदालत पनि बन्द रहने भएकाले सुनुवाइ बुधबार हुने भएको हो ।

    यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।–––