भानुका १८ विद्यार्थीलाई टिम नेपोको न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुका १८ विद्यार्थीलाई टिम नेपोको न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

    खबरपुञ्ज संवाददाता

    १४ पुष २०८०, शनिबार

    दमौली । टिम नेपो तनहुँले भानु नगरपालिका वडा नं १३ स्थित रहेको एक विद्यालयमा अध्ययरत विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले नेपाल इस्लामिक हनफिया मदर्शा प्रा.विमा अध्ययनरत अतिविपन्न १८ जना विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्रीहरु वितरण गरेको हो ।

    कार्यक्रममा विद्यार्थीलाई स्विटर, टोपी, मोजा कापी, लगायत खेलकुद तथा शैक्षिक सामग्री भानु १३ का वडा अध्यक्ष कृष्णबहादुर अधिकारीले वितरण गरे । उनले जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो कपडाले निरन्तर विद्यालय आउन सहज हुने बताए ।

    चिसो मौसमका कारण बालबालिकालाई प्रतिकूल असरबाट जोगाउन न्यानो कपडा सहित शैक्षिक सामग्री वितरण गरिएको टिम नेपो तनहँुकी अध्यक्ष पवित्रा भुजेलले जानकारी दिइन् । उनले आगामी दिनमा पनि यस्ता खाले कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सिमारानी मियाले यस किसिमको सहयोगले विद्यार्थीहरुलाई शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश जानुको साथै हौसला प्रदान हुने बताइन् ।