आज तमु ल्होसार मनाइँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आज तमु ल्होसार मनाइँदै

    खबरपुञ्ज संवाददाता

    १४ पुष २०८०, आईतवार

    काठमाडौ । गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै छन्। हरेक वर्ष १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै आएका छन्। यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ। 

    तमु ल्होसारको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

    तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ। यही भएर तमु ल्होसार पर्वलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन्। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागतको रुपमा पनि तमु ल्होसार मनाउने चलन छ ।

    ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको तमु संस्कृतिविदहरुको भनाई छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ।