सन्दीप लामिछानेको सजाय निर्धारणका लागि आज पेसी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सन्दीप लामिछानेको सजाय निर्धारणका लागि आज पेसी

    खबरपुञ्ज संवाददाता

    २५ पुष २०८०, बुधबार

    काठमाडौ। बलात्कार मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ ।

    पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेको सजाय तोक्न आज पेसी तोकिएको थियो ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।

    लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

    आजको पेसीबाट लामिछानेको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुने छ ।