त्रिशूलीमा खसेको गाडीका चालक अर्को गाडी चढेर गएको आशंका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    त्रिशूलीमा खसेको गाडीका चालक अर्को गाडी चढेर गएको आशंका

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    चितवन । त्रिशूली नदीमा खसेको गाडीका चालक अझै फेला परेका छैनन्।सोमबार बिहान करिब ४ बजे त्रिशूलीमा भारतीय नम्बर प्लेटको गाडी खसेको थियो। बिआर ०९ जीसी १४३० बोलेरो गाडी त्रिशूली नदीभित्र फेला परिसकेको छ। तर उक्त गाडीका चालक भने सम्पर्कविहीन छन्।चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तीन नम्बर पुलबाट करिब ८५ मिटर तल त्रिशूली नदीमा गाडी खसेको थियो।

    घटनास्थलमा प्रहरी पुग्दा पानीभित्र उज्यालो देखिएको थियो। त्यसपछि सशस्त्र प्रहरी बलको गोताखोर टोली बोलाएर खोजी गरिएको थियो।गोताखोरले पानीभित्र गाडी फेला पारे पनि चालक भने भेटिएनन्। गोताखोरको टोली घटनास्थलबाट फर्किसकेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।प्रहरीले भने उक्त गाडीका चालकको खोजी गरिरहेको छ।

    नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको अर्को गाडीका चालकले त्रिशूली किनारमा धुलो उडिरहेको र ठूलो आवाज सुनेको बताएका थिए।

    उनकाअनुसार बोलेरो गाडी काठमाडौंमा सामान पुर्‍याएर नारायणगढतर्फ गइरहेको खुलेको छ। त्यहाँ नपुग्दै दुर्घटना भएको हुनुपर्ने प्रहरीको भनाइ छ।

    ‘केही चालकले दुर्घटनामा परेका गाडीका चालक अरू गाडीमा लिफ्ट लिएर नारायणगढतिर गएको भनेका छन्,’ शिवाकोटीले भने, ‘त्यो मानिस पानीले भिजेको अवस्थामा थियो भनेका छन्। चालक भारतीय भारतीय नागरिक भन्ने कुरा आएको छ।’

    जिल्ला प्रहरी कार्यालय चितवन र ट्राफिक प्रहरीले ती चालकको खोजी गरिरहेको छ। गाडी भने त्रिशूली नदीभित्रै छ।