लक्ष्मी पुनलाई कोषको कार्यकारी निर्देशकमा काम नगराउन अन्तरिम आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लक्ष्मी पुनलाई कोषको कार्यकारी निर्देशकमा काम नगराउन अन्तरिम आदेश

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०८०, सोमबार

    काठमाडौँ । पाटन उच्च अदालत पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई  जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ।

    उच्च अदालतका न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले उनकाे नियुक्ति तत्कालका लागि रोकेको हो।

    लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनको योग्यता र मापदण्ड नपुगेको भन्दै पुस २६ मा पुनविरुद्ध उच्च अदालत पाटनमा भरत मरासिनीले रिट निवेदन दर्ता गरेका थिए।