राष्ट्रिय सभा निर्वाचनमा भाेट हाल्न गएनन् बालेन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रिय सभा निर्वाचनमा भाेट हाल्न गएनन् बालेन

    खबरपुञ्ज संवाददाता

    ११ माघ २०८०, बिहीबार

    काठमाडाै । काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान बहिष्कार गरेका छन् ।

    हेटौंडामा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मेयर बालेन शाह नजाने उनको सचिवालयले जानकारी दियो ।

    ‘कार्य व्यस्तताले गर्दा मेयरसाब भोट हाल्न हेटौंडा जानुहुँदैन,’ बालेनका स्वकीय सचिव भूपदेव शाहले भने, ‘आज उहाँको भोट हाल्न जाने कार्यतालिका छैन । नियमित वडाध्यक्षहरूसँग भेटघाटसहितका कार्यक्रममा उहाँ व्यस्त हुनुहुन्छ ।’