वर्षमानले भने– राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वर्षमानले भने– राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी छ

    खबरपुञ्ज संवाददाता

    २३ माघ २०८०, बुधबार

    काठमाडौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रियसभाको अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् ।

    बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसदसमेत रहेका पुनले राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी रहेको बताए ।

    उनले राष्ट्रियसभाको शक्ति सन्तुलन अनुसार माओवादी केन्द्रले अध्यक्ष दाबी गर्नु प्राकृतिक भएको बताए । उनले यस सन्दर्भमा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन र अन्य दलहरूसँग छलफल गरेर अघि बढ्ने बताए । 

    उनले भने, ‘प्राकृतिक रूपले हेर्दा राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले दाबी गर्ने अवस्था छ । हाम्रो दाबी पनि रहेको छ । माओवादी केन्द्रको दाबी छ । यसमा हामी सत्तारुढ गठबन्धनमा छलफल गर्छौं । र अरु दलहरूसँग पनि छलफल गर्छौं । राष्ट्रियसभाको शक्ति सन्तुलनअनुसार नै छलफल गरेर जाने हाम्रो सोच छ ।’