पूर्वमन्त्री श्रेष्ठद्वारा महाशिवरात्रीको शुभकामना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पूर्वमन्त्री श्रेष्ठद्वारा महाशिवरात्रीको शुभकामना

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । पूर्वमन्त्री एवं बारा-४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले महाशिवरात्रीको शुभकामना व्यक्त गरेका छन् । श्रेष्ठले शुक्रबार एक सन्देश जारी गरी महाशिवरात्री पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।

    उनले भने, “महाशिवरात्रिको पावन अवसरमा पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको यथोचित संरक्षण एवं सम्वद्र्धन गर्न प्रण गर्नुपर्दछ ।’