तनहुँमा थकाली समुदायले तोरन्ल्ह तेरमी पर्व मनाउँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थकाली समुदायले तोरन्ल्ह तेरमी पर्व मनाउँदै

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०८०, आईतवार

    दमाैली । मुस्ताङको मार्फादेखि तनहुँमा बसाइसराइँ गरी आएका थकाली समुदायले तोरन्ल्ह तेरमी पर्व मनाइरहेका छन् ।

    तनहुँको शुक्लागण्डकी नगरपालिकामा बसोबास गर्दै आएका थकाली समुदायले शनिबारदेखि उक्त पर्व मनाउन सुरु गरेका हुन् । फागुपूर्णिमाको अघिल्लो दिनबाट सुरु हुने उक्त पर्व तीन दिनसम्म मनाउने प्रचलन रहेको थकाली समुदायका अगुवा एवं नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका अध्यक्ष सुजित हिराचनले बताए।

    उनले भने “मार्फा थातथलो भइ हाल तनहुँमा बस्दै आएका हामीले प्रत्येक वर्ष यो पर्व मनाउँदै आएका छन् । रितीरिवाज, संस्कृति जोगाउनका लागि पनि हामी सधैं यो पर्व मनाउँछौ ।”

    यो पर्वका बेला आफन्तसँग भेटघाट गरी मिठा मिठा परिकार खाने र तारो हान्ने प्रचलन रहेको उनकाे भनाइ छ ।

    पर्वका अवसरमा थकाली समुदायका पुरुषहरू परम्परागत तारो हान्ने खेल खेलेर रमाइलो गर्दछन् भने महिलाहरू मौलिक वेशभूषामा सजिएर नाचगान गर्दै शुभकामना साटासाटा गरेर तोरनल्ह मनाउँछन् ।

    बेलचौतारामा आज मार्फा थकाली समाज सेवा सदनले आयोजना गरेको तारो हान्ने कार्यक्रममा सहभागी हुनुभएका शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले संस्कृति संरक्षणका लागि हरेक जातजाति अग्रसर हुनुपर्नेमा जोड दिए।