बालबालिकासँग खुसी साट्दै जेसीआइ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    बालबालिकासँग खुसी साट्दै जेसीआइ

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०८०, आईतवार

    दमौली । जेसीआइ व्यास नगरले दृष्टिविहीन सहितका बालबालिकासँग होली पर्व मनाएको छ । व्यास–४ बागभञ्याङ्ग स्थित वेदव्यास प्राथमिक विद्यालयमा अध्ययनरत् बालबालिकासँग होली खेलेर खुशीयाली साटासाट गरेको हो ।

    संस्थाका अध्यक्ष सहित पदाधिकारीहरु विद्यालयमै पुगेर आवासीय रुपमा विद्यालयमै बस्दै आएका बालबालिकाहरुसँग होली खेलेको अध्यक्ष नविन पुरीले जानकारी दिए ।

    होली एक आपसमा सद्भाव र खुशीयाली साटासाट गर्ने पर्व भएकाले बालबालिकाहरूको खुशीका लागि संस्थाले विद्यालयमा होली मनाउने निर्णय गरेको पुरीले बताए ।

    सोही अवसरमा संस्थाले बालबालिकालाई शैक्षिक, खेलकुद तथा खाद्यान्न सामग्री पनि सहयोग गरेको थियो । विद्यार्थीको आवश्यकता अनुसारका सामग्री सहयोग गरिएको हो । संस्थाले बिगतमा पनि सहयोग गरेको बताउदै विद्यालयकी प्रअ सीता वाग्लेले आयोजकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिन् ।