धनगढीका मेयर हमालका छोरी भारतमा बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    धनगढीका मेयर हमालका छोरी भारतमा बेपत्ता

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०८०, मंगलवार

    काठमाडौ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भारतमा आफ्नो छोरी सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन आग्रह गरेका छन्।

    उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भारतको गोवामा बस्दै आएकी आफ्नी जेठी छोरी आरती सोमबारदेखि सम्पर्कविहीन भएको बताएका छन्।

    छोरीको साथीबाट उनी सम्पर्कविहीन भएको जानकारी पाएको भन्दै खोजीका लागि सहयोग गरिदिन उनले अनुरोध गरेका छन्।

    उनले लेखेका छन्,’मेरी जेठो छोरी आरती ओशो साधक हुन्, उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। हिजोदेखि जोरबा वाईब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु। साथै मेरो कान्छी छोरी आरजु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातीको प्लेनमा गोवा पुगि रहेकाले मोबाइल न. 9794096014 / 8273538132/ 9389607953 सम्पर्क गरी त्यहाँ आवश्यक सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु।’