गोवामा सम्पर्कविहिन मेयरकी छोरी भेटिइन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गोवामा सम्पर्कविहिन मेयरकी छोरी भेटिइन्

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०८०, बुधबार

    काठमाडौ । भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। 

    सोमवारदेखि सम्पर्कविहीन भएकी आरती हमाल सम्पर्कमा आएकी हुन्। उनी भारतको गोवामा सकुशल भेटिएको मेय हमालले सामाजिक सञ्जाललमा लेखेका छन्। 

    उनी ओशो साधक पनि हुन्। केही महिनादेखि आरती ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। तर सोमबारदेखि भारतको जोरबा वाइब आस्बिन ब्रिजबाट उनी सम्पर्कविहीन भएको उनको साथीबाट खबर प्राप्त भएको हमालले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए।

    मेयर हमालले लेखेका छन्

    सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू , गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु ।

    साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँ संगै भएको सम्पूर्णमा जानकारी गर्दछु।