दमौली । तनहुँको दमौलीमा नृत्य प्रतियोगितामा हुने भएको छ । मोहन बतास फाउण्डेसनको आयोजनामा नृत्य प्रतियोगिता हुन लागेको हो ।
त्यसका लागि चैत २४ गते भिक्टोरिया डान्स स्कूलमा अडिसन हुने भिक्टोरियाका सञ्चालक एवं फाउण्डेसनका सचिव सर्जन थापाले जानकारी दिए । एकल, जोडी र समूहमा नृत्य गर्न पाइने उनको भनाई छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु एक लाख पुरस्कार पाउनेछ । दोस्रो हुनेले रु ५० हजार र तेस्रो हुनेले रु २५ हजार नगद पुरस्कार पाउनेछ ।