दमाैली । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-५ ब्राइटचाेकमा लागुऔषध सहित दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरेकाे ५ । खैरेनीटारदेखि दुलेगाैडा जाँदै गरेकाे ग ११ प ५९०५ नम्बरकाे माेटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले दुई जनालाई लागुऔषध सहित पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा माेटरसाइकल चालक तनहुँकाे साविक राइपुर गाविस ४ हाल शुक्लागण्डकी न.पा. वडा नं. ११ स्थायी घर भएका ३६ वर्षीय बिक्की चन्द र सवार गोरखा आरुघाट गा.पा. वडा नं. ८ स्थायी घर भई जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. वडा नं. ५ बेलचौतारा बस्ने ३३ वर्षीय ठागु भन्ने रबी गुरुङ रहेका छन् ।
निजहरुविरुद्ध तनहुँ अदालतबाट पाँच दिनकाे म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेकाे छ ।