रंक्तिम उज्यालो घाम!
पहाडको थुम्कोबाट
भकुण्डो झै गुल्टदै गुल्टदै!
ओरालो लागेपछि!
चुक् पोखिएको आभास हुन्छ!
तब् गाउँ बस्तीमा सन्नाठा छाउने गर्छ!
कालो,अध्यारो, चकमन्न रात!
कालो च्यादर ओडेर!
काला सपनाका पारखी हरु!
हर् हमेसा बस्ती प्रवेश गर्छन्!
सदियौं देखि लाटोकोसेरोका सन्ततिहरु!
शिर छेदन् गरेका मुर्कट्टाहरु!
किन सधैं?
अध्यारोमा सक्रियता बढाउछन?
……××…………××……
कालो रातको कर्कश आवाजले!
स्तब्ध गाउँका झुपडीहरु!
मृत्युको काखमा समर्पित भएर!
समयका अंस्थिर सुचक नियाल्दै!
बर्षौ देखीको नियति भोगिरहेका छन्!
केवल एउटा घामको अभावमा!
उज्यालो बिहानिको प्रतीक्षामा!
रोग,भोक र दरिद्रताले थिलिएका मान्छेहरू।
ब्राह्मणका हजारौं,लाखौं ताराहरु!
निरीह छन् ,मौन छन् , अनि चुपचाप छन।
गर्भमा लुकेको जूनको पर्खाइमा छन!
केही छद्मभेषि मान्छेहरू!
धूप अंक्षेताको जोहो गर्दै।
आफूलाई बडो सांस्कारीक सम्झेर!
उन्मुक्तिको नारा फलाक्दै
केहि अभिजात बर्गका धुर्त मान्छेहरु!
हरेक याममा!
किन रातभर जाग्राम बस्दैछ्न्?
……××……××……××……
आजकल यस्तो लाग्दैछ!
गाउँ बस्तीको चीत्कार सुनेर!
आखामा आँसु अभाव भएझैं!
रुन बिर्सेका नवजात शिशुको आखामा!
किन आगो दन्किदैछ?
भोकाएका हरुले भोजन बिर्सेर
किन बारुद ओकल्दै छन्!
आंङ्गको एकसरो भोटो च्यातेर!
सुसेल्दै मुक्तिका भाखाहरु!
सुदुर क्षितिजको गन्तव्यमा!
पैरवी पाईला लम्काई रहेकाछन्।
उन्नत चेतका तेजस्वी मान्छेहरु!!