जनसहयोगी माविमा अधिकारीद्वारा एक लाखको अक्षयकोष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    जनसहयोगी माविमा अधिकारीद्वारा एक लाखको अक्षयकोष

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०८१, सोमबार

    दमौली । भानु नगरपालिका-१३ तिनघरे घर भई हाल अमेरिकामा रहेका राजु अधिकारीले सोही वडाको जनसहयोगी माविमा एक लाखको अक्षयकोष स्थापना गरेका छन् ।

    उनले उक्त विद्यालयमा एक लाख एक हजार एक सय ११ को अक्षयकोष स्थापना गरेका हुन् । विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउन उनले उक्त रकम विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

    अरनिको माविका पूर्व शिक्षक अधिकारी अमेरिकाको प्रतिष्ठित कम्पनी डङ्किन दोनटका प्रोपाईटर हुन् ।