एमाले तनहुँ अधिवेशन : २८ प्रतिनिधि मनोनित, कूल ५८७ प्रतिनिधि सहभागी हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले तनहुँ अधिवेशन : २८ प्रतिनिधि मनोनित, कूल ५८७ प्रतिनिधि सहभागी हुने

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०८१, बिहीबार

    दमौली । नेकपा एमाले तनहुँको शुक्रबारदेखि सुरु हुने दशौ जिल्ला अधिवेशनमा ५८७ प्रतिनिधि सहभागी हुने भएका छन् । नयॉ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा आयोजक कमिटी सहित ५८७ प्रतिनिधि सहभागी हुन लागेका हुन् ।

    बिहीबार बसेको पार्टीको अन्तिम कमिटी बैठकले २८ जना प्रतिनिधि मनोनित गरेको जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । उनले भने, ‘वडा र आयोजक कमिटी समेत गरी ५६९ प्रतिनिधि छनोट भएकामा २८ जना प्रतिनिधि मनोनित गरिएको छ ।’

    अधिवेशनको पार्टीका महासचिव शंकर पोख्रेलले उदघाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा सचिव गोकर्ण विष्टको समेत उपस्थिति रहनेछ ।

    अधिवेशनको सबै तयारी सकिएको एमालेले जनाएको छ ।