रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०८१, शुक्रबार

    काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानलाई संसदमा आफ्नो भनाइ राख्न दिने निर्णय गरेको छ । आज बसेको कांग्रेस संसदीय दलकाे बैठकले सो निर्णय गरेको हो ।

    कांग्रेसले सहकारी मुद्दामा लामिछानेमाथि संसदीय छानविन समिति गठनको माग गर्दे सदन अवरोध गर्दै आएको छ । गृहमन्त्री लामिछानेले यस विषयमा संसदको रोष्टममा आफूले प्रष्टीकरण दिन पाउनुपर्ने अडान लिइरहेका थिए । कांग्रेस वैठकले लामिछानेलाई रास्वपा सभापति र सांसदको हैसियतले बोल्न दिने निर्णय गरको एक नेताले बताए ।

    संसदको बजेट अधिवेशन आजबाट प्रारम्भ हुँदैछ । आजको प्रतिनिधिसभा वैठकमा राजनीतिक दलका शीर्ष नेताहरुले सम्वोधन गर्ने भनिएको थियो । रविसँगै अन्य शीर्ष नेताहरुलाई पनि बोल्न दिने निर्णय कांग्रेसले लिएको छ ।