शुक्लागण्डकीमा माओवादीकाे सङ्गठन सुदृढीकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीमा माओवादीकाे सङ्गठन सुदृढीकरण

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०८१, शनिबार

    दमाैली । नेकपा (माओवादी केन्द्र) शुक्लागण्डकी नगर समितिको आयोजनामा संगठन सुदृढीकरण तथा विस्तार अभियान सुचारु गरिएको छ । वडा नम्बर १२ को समितिले आयोजना गरेको कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज आशा कोइरालाले जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य तथा फिरफिरेका अगुवा खम बहादुर गुरुङलाई पार्टी सदस्य नविकरण परिचयपत्र प्रदान गरि अभियानको उदघाटन गरेकी हुन् ।

    शुक्लागण्डकीमा २ हजार ३ सय ४५ पार्टी सदस्य रहेकामा १२ वटै वडामा अभियान सञ्चालन गरि पार्टी सदस्य नविकरण तथा संगठन सुदृढीकरण अभियान सञ्चालन गरिनेछ । अभियान जेष्ठ १५ गतेसम्म सञ्चालन हुने नगर कमिटी अध्यक्ष मनराज गुरुङले जानकारी दिए ।