देवघाट अनलाइनको स्थापना दिवस वृद्धाश्रममा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाट अनलाइनको स्थापना दिवस वृद्धाश्रममा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको देवघाटलाई केन्द्रविन्दु बनाएर सञ्चालनमा रहेको देवघाट अनलाइनको प्रथम स्थापना दिवस वृद्धाश्रममा मनाइएको छ ।

    अनलाइनले प्रथम स्थापना दिवसको अवसरमा बुधबार देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको समाजकल्याण केन्द्र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरेको हो ।

    सामाजिक उत्तरदायित्व वहन अन्तर्गत वृद्धाश्रमलाई फलफूल तथा एक छाक खानाको व्यवस्था गरेको अनलाइनका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले जानकारी दिए ।

    कार्यक्रममा सो वडाका अध्यक्ष पूर्णकुमार कुंवरले स्थानीय क्षेत्रबाट सन्चालित देवघाट अनलाइनले स्थापना दिवसको अवसरमा बृद्धाश्रममा भोजनको व्यवस्था गरेर स्वागतयोग्य काम गरेको बताए ।

    वडा सदस्य बुद्धिबहादुर पाण्डेले देवघाट अनलाइनले स्थापना दिवसको अवसरमा स्वागतयोग्य र सकारात्मक काम गरेको बताए ।

    कार्यक्रममा वृद्धाश्रमकी व्यवस्थापक दिलमाया सापकोटा, रेडियो देवघाटका प्रबन्धक गोपाल शर्मा न्यौपाने, देवघाट सन्देश साप्ताहिककी सम्पादक गोमा न्यौपाने, देवघाट अनलाइनका कार्यकारी सम्पादक सागर भण्डारी, अनलाइनका व्यवस्थापक विष्णु पाण्डेकाे सहभागिता थियाे ।