तनहुँका स्थानीय तहमा रु २७ करोड बेरुजु : सबैभन्दा बढी देवघाटकाे, कम म्याग्देकाे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँका स्थानीय तहमा रु २७ करोड बेरुजु : सबैभन्दा बढी देवघाटकाे, कम म्याग्देकाे

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०८१, मंगलवार

    दमाैली । तनहुँका स्थानीय तहमा आर्थिक वर्ष २०७९÷८० मा करिब रु २७ करोड बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार तनहुँमा रु २६ करोड ९५ लाख ४४ हजार बेरुजु देखिएको हो ।

    यो बेरुजु गत आर्थिक वर्षको तुलनामा कम हो । आर्थिक वर्ष २०७८÷७९ मा तनहुँमा रु ३५ करोड ४१ लाख ४७ हजार बेरुजु थियो । गत आर्थिक वर्षको तुलनामा जिल्लामा बेरुजुको स्थितिमा सुधार आएको छ ।

    महालेखा परीक्षकको कार्यालयले उक्त अवधिमा रु १६ अर्ब १७ करोड २२ लाख ३२ हजारको लेखापरीक्षण गरेको थियो । त्यसमध्ये रु २६ करोड ९५ लाख ४४ हजार बेरुजु देखिएको छ । कार्यालयले जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा लेखा परीक्षण गरेको थियो ।

    भानु नगरपालिकाको रु दुई अर्ब १७ करोड ७० लाख २४ हजारको लेखापरीक्षण गरिएकामा रु एक करोड २७ लाख ५७ हजार बेरुजु देखिएको छ । जुन कुल रकमको ०.५९ प्रतिशत हो ।

    भिमाद नगरपालिकाको रु एक अर्ब ५२ करोड ९३ लाख ३९ हजारको लेखापरीक्षण गरिएकामा रु एक करोड १९ लाख ४८ हजार बेरुजु देखिएको छ । जुन कुल रकमको रु ०.७८ प्रतिशत हो ।

    व्यास नगरपालिकाको रु तीन अर्ब १२ करोड आठ लाख ४४ हजारको लेखापरीक्षण गरिएकामा रु पाँच करोड ६५ लाख ८७ हजार बेरुजु देखिएको छ । जुन कुल रकमको १.८२ प्रतिशत हो ।

    शुक्लागण्डकी नगरपालिकाको रु दुई अर्ब ३५ करोड ५५ लाख नौ हजारको लेखापरीक्षण गरिएकामा रु चार करोड ३८ लाख ७० हजार बेरुजु देखिएको छ । जुन कुल रकमको १.८६ प्रतिशत हो ।

    आँबुखैरेनी गाउँपालिकाको रु एक अर्ब २१ करोड नौ लाख ६६ हजारको लेखापरीक्षण गरिएकामा रु ८५ लाख ४६ हजार बेरुजु देखिएको छ । जुन कुल रकमको ०.७१ प्रतिशत हो ।

    ऋषिङ गाउँपालिकाको रु एक अर्ब ३७ करोड ४५ लाख ५० हजारको लेखापरीक्षण गरिएकामा रु दुई करोड ७७ लाख ११ हजार बेरुजु देखिएको छ । जुन कुल रकमको २.०२ प्रतिशत हो ।

    घिरिङ गाउँपालिकाको रु ९८ करोड १४ लाख ३७ हजारको लेखापरीक्षण गरिएकामा रु दुई करोड ७७ लाख ४७ हजार बेरुजु देखिएको छ । जुन कुल रकमको २.८३ प्रतिशत हो ।

    देवघाट गाउँपालिकाको रु एक अर्ब ७ करोड ९२ लाख ९० हजारको लेखापरीक्षण गरिएकामा रु पाँच करोड ३६ लाख ७० हजार बेरुजु देखिएको छ । जुन कुल रकमको ४.९७ प्रतिशत हो ।

    बन्दीपुर गाउँपालिकाको रु एक अर्ब आठ करोड ८८ लाख ९० हजारको लेखापरीक्षण रु दुई करोड ३४ हजार बेरुजु देखिएको छ । जुन कुल रकमको १.८४ प्रतिशत हो ।

    म्याग्दे गाउँपालिकाको रु एक अर्ब २५ करोड ४३ लाख ८३ हजारको लेखापरीक्षण गरिएकामा रु ६६ लाख ७४ हजार बेरुजु देखिएको छ । जुन कुल रकमको ०.५३ प्रतिशत हो ।

    सार्वजनिक आय र व्ययको कार्य प्रचलित कानूनी विधि प्रकृया पूरा नगरी देखा पर्ने अनियमित रकमलाई बेरुजु भनिन्छ । यो आर्थिक कारोवारको हिनामिना हो, जसलाई आर्थिक अनुशासनहिनताको उपजका रुपमा लिइन्छ । यो प्रचलित कानून बमोजिम पु¥याउनुपर्ने रित नपु¥याई कारोवार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमनासिब तरिकाले आर्थिक कारोवार गरेको रकम कलम हो ।