दमाैली, १४ जेठ । युवा रेडक्रस सर्कल बालमन्दिर मा वि व्यास २ ले मृगौला पीडितका लागि आर्थिक सहयोग गरेको छ। सर्कलले विद्यालय व्यवस्थापन समितिका सदस्य सुनिता परियारका पति राजकुमार परियारको उपचारका लागि ६ हजार ४५ रूपैया आर्थिक सहयोग गरेको हो।
सर्कलकी अध्यक्ष शिक्षा गरूङ नेतृत्वको टोलीले बुधबार विद्यालयका शिक्षकहरू र विद्यार्थीहरूसँगबाट रकम संकलन गरी विद्यालयका रेडक्रसका संरक्षक सर्कलका संरक्षक विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद खनालमार्फत मृगौला पीडित परियारलाई उक्त रकम हस्तान्तरण गरेको शिक्षक नायक गोकुल थापाले जानकारी दिए ।
‘म सेवा गर्छु’ भन्ने भावका साथ स्थापित युवा रेडक्रस सर्कल बालमन्दिर माविले सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित हुँदै आर्थिक रकम संकलन गरी हस्तान्तरण गर्नु अत्यन्त सह्नीय कार्य भएको संरक्षक एवं प्रधानाध्यापक खनालले बताए । उनले आगामी दिनमा पनि यस्ता रचनात्मक सहयोगी कार्यहरू गर्न सर्कललाई सुझाए ।