राहुलले रोजे रायबरेली, वायनाडमा प्रियंका चुनाव लड्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    राहुलले रोजे रायबरेली, वायनाडमा प्रियंका चुनाव लड्ने

    खबरपुञ्ज संवाददाता

    ३ असार २०८१, सोमबार

    काठमाडौं । भारतीय कंग्रेसका नेता राहुल गान्धीले रायबेरली क्षेत्र रोजेका छन् । उनले छाडेको वायनाडमा उनकी बहिनी प्रियंका गान्धी चुनाव लड्ने भएकी छन् ।

    हालै सम्पन्न लोकसभा चुनावमा राहुलले रायबेरली र वायनाड दुई क्षेत्रबाट चुनाव जितेका थिए ।

    भारतीय कानुनअनुसार दुई क्षेत्रबाट जित्नेले एउटा छाड्नुपर्छ । त्यसअनुसार कंग्रेसले राहुललाई रायबेरलीलाई निरन्तरता दिन र वायनाड छाड्न भनेको अध्यक्ष मालिकार्जुन खड्गेले बताए ।

    वायनाडमा हुने उपचुनावमा राहुलकै बहिनी प्रियंका चुनाव लड्नेछिन् । लोकसभा चुनावमा उनी उम्मेदवार बनेकी थिइनन् ।