व्यास पुन: मतगणना : न्यौपानेको पेशी आज पनि, न्यायाधीश राउत र चुडालको इजलासमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास पुन: मतगणना : न्यौपानेको पेशी आज पनि, न्यायाधीश राउत र चुडालको इजलासमा

    खबरपुञ्ज संवाददाता

    ४ असार २०८१, मंगलवार

    दमौली । व्यास नगरपालिकाको पूर्ण मतगणना गर्ने उच्च अदालतको आदेश विरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका वैकुण्ठ न्यौपानेको पेशीमा आज पनि सुनवाई हुँदैछ। उच्च अदालत पोखराले असार २ गतेका लागि पुन मतगणना गर्ने आदेशको विरुद्धमा न्यौपानेले गत जेठ २४ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

    सो रिट चारपटक पेशी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो। यस अघि जेठ २७ २८ २९ र असार २ गते पेशी तोकिएको थियो । सर्वोच्चमा दर्ता गरेको रिट उपर सुनवाई नभएपछि न्यौपानेले पुन उच्च अदालत पोखरामै निवेदन दर्ता गरेका थिए। उच्च अदालतले सर्वोच्चको रिट किनारा नलागेसम्म मतगणना नगर्ने आदेश दिएको छ।

    न्यौपानेको पेशी सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत र डाक्टर कुमार चुडालको इजलासमा तोकिएको छ।