दिल्लीका मुख्यमन्त्री केजरीवाल रिहा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    दिल्लीका मुख्यमन्त्री केजरीवाल रिहा

    खबरपुञ्ज संवाददाता

    ६ असार २०८१, बिहीबार

    काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले धराैटीमा छाड्न आदेश दिएको छ ।

    बिहीबार पनि इडीका वकिलहरूले थप अनुसन्धानका लागि अझै हिरासतमा राख्न अनुमति मागेका थिए । तर न्यायाधीश न्याय बिन्दुको इजलासले उनलाई बिहीबार जमानतमा छाड्न आदेश दिएको ‘लाइभ ल डटइन’ले लेखेको छ ।

    मदिरा नीतिमा अनियमितता गरेको अभियोगमा भारतको प्रवर्तन निर्देशनालय (इडी) ले केजरिवाललाई १२ मार्चमा पक्राउ गरेको थियो ।

    भारतको लोक सभा चुनावलाई लक्षित गरेर अदालतले यसअघि १० मेमा उनलाई अन्तरिम जमानतमा छाड्न आदेश दिएको थियो । त्यसअनुसार २१ दिन जेलबाहिर रहेर उनी चुनावपछि फेरि तिहाड जेल फर्किएका थिए ।