टी२० विश्वकपको सुपर-८ मा अष्ट्रेलियामाथि अफगानिस्तानको सानदार जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    टी२० विश्वकपको सुपर-८ मा अष्ट्रेलियामाथि अफगानिस्तानको सानदार जित

    खबरपुञ्ज संवाददाता

    ९ असार २०८१, आईतवार

    काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ मा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै सानदार जित हात पारेको छ ।अफगानिस्तानले दिएको १४९ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.२ ओभरमा १२७ रन बनाएर अलआउट भयो । अष्ट्रेलियासँग भएका ६ अन्तर्राष्ट्रिय खेलमा अफगानिस्तानको यो पहिलो जित हो ।

    अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ५९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । मिचेल मार्शले १२ र मार्कस इस्टोनिसले ११ रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।