ऋषिङ गाउँपालिकाको बजेट ५२ करोड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङ गाउँपालिकाको बजेट ५२ करोड

    खबरपुञ्ज संवाददाता

    ११ असार २०८१, मंगलवार

    दमौली । तनहुँको ऋषिङ गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ५२ करोड २४ लाख ४ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँसभाको १६ औं अधिवेशनमा सोमबार बजेट प्रस्तुत गदै उपाध्यक्ष गिनुमाया थापाले आगामी आर्थिक वर्षका लागि उक्त अनुमानित गरिएको उल्लेख गरिन् ॉ

    पालिकाले कृषि,संस्कृति,पर्यटन र पूर्वधारलाई प्राथमिकतामा राखेर आगमी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँसभामा अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङ समृद्धिको आधार ःकृषि,संस्कृति,पर्यटन र पूर्वधार भन्ने नारालाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।

    उज्ज्यालो ऋषिङ,खरको छानोमुक्त, ऋषिङ फर्क, एक वडा एक उत्पादन, सासु सँगै बुहारी जस्ता अभियान र कार्यक्रमलाई थप व्यवस्थित गरि निरन्रता दिनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाईएको उनले बताए । त्यस्तै अध्यक्ष श्रेष्ठले बाँझो जग्गाहरुको उपयोग निति,उत्कृष्ट विद्यार्थीलाई निःशुल्क शिक्षा सँगै विभिन्न आयोगको तयारी कक्षा सञ्चालन गर्न गाउँपालिका तयार रहेको उल्लेख गरे ।