असार १४ मदन जयन्तीको सम्झनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    असार १४ मदन जयन्तीको सम्झनामा

    श्रीराम कार्की

    १३ असार २०८१, बिहीबार

    जवज एक उत्कृष्ट सिद्धान्त हो ,केही बिश्लेषणात्मक भावहरु:-

    जननेता कमरेड मदन कुमार भण्डारी :-
    ” सिद्धान्तको लागि जीवन होइन जीवनका लागि सिद्धान्त हुनुपर्छ ,सिधाान्तको रंग खैरो हुन्छ जीवनको रंग हरियो हुन्छ ” ! – जननेता कमरेड मदन भण्डारी
    त्यसैले सिद्धान्तले जीवन पछ्याउनु पर्दछ भन्नुहुने जननेता भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनको मात्र नभई बिश्व कम्युनिष्ट आन्दोलन कै महान अभियान्त तथा शिखर युग पुरुष हुनुहुन्थ्यो । एकपटक बिबिसी सेवाले लिएको मत सर्बेक्षणमा बिश्व भरी नै राजनीतिक र दार्शनिक हिसाबले सर्वाधिक प्रभाव पार्ने ब्याक्ती दार्शनिक क कार्ल माक्र्स र दक्षिण एसियामा बिश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल बाट उदाउदै गरेका विलक्षण प्रतिभाका धनी स्पष्ट बैचारिक राजनीतिक भाषणकलाले जनताको हृदय छुन सक्ने महान नेताको रूपमा जननेता कमरेड मदन भण्डारी लाई चिन्न जान्न पाईन्छ! पुर्वी युरोप र सोभियत संघमा लामो कम्युनिष्ट सत्ता गर्ल्याम्म ढलिरहेको बेला सगरमाथाको देश नेपाल बाट कम्युनिष्ट आन्दोलनमा संजिबनी बुटि बनेर क मदन उदाउनु भयो ।


    २७ मे सन १९११ अमेरिका बाट प्रकाशित हुने चर्चित पत्रीका ” न्युजविक” ले जननेता कमरेड मदन भण्डारीको अन्तरवार्ता प्रकाशित गर्दै ” In Nepal karl Max lives ” भनेर छापेको थियो जुन कुराले विश्व राजनीति नै हल्लिएको थियो! जननेता कमरेड मदन भण्डारी संस्कृत साहित्य नेपाली हिन्दी र अग्रेजी भाषामा समेत पोख्त हुनुहुन्थ्यो भने सरल र मिठासढंगले घण्टौ सम्म भाषणकलाले मग्न बनाउदै आकर्षित गर्ने अदभूत कला उहाँको थियो । नेकपा को ईतिहासमा कोशि प्रान्तिय कमिटी कोडिनेशन केन्द्र हुँदै नेकपा ( माले) र पछि २०४७ सालमा कम्युनिष्ट आन्दोलनका स्गिखर पुरुष कमरेड मनमोहन अधिकारी र सहना प्रधानहरु संग पार्टी एकता गरि नेकपा ( माले) र माक्सवादी बिच एकता भैइ नेकपा ( एमाले ) बनाएर क मनमोहन अधिकारी अध्यक्ष र जननेता क मदन भण्डारी महासचिव हुनुभएको थियो!
    जन्म: २००९ साल असार १४ गते शुक्रवार
    स्थान ; ढुङ्गेसाघु ताप्लेजुङ ठोट्ने गाउँ
    पिता: देवि प्रसाद भण्डारी
    माता: चन्द्रकला भण्डारी
    श्रीमती : बिद्या देवि भण्डारी
    छोरीहरु: उसाकिरण र निशाकुशुम
    अध्यन ; शास्त्रीय पास
    अनौपचारिक अध्यन अग्रेजी साहित्य दर्शन र राजनीतिशास्त्र अर्थशास्त्र समाजबिकास आदि ।
    नेकपाका संस्थापक महासचिव क पुष्पलालको नीति अनुसार नै २०४६ सालको संयुक्त जन आन्दोलनमा गणेशमान जस्तो राजनीतिक ब्यक्तित्व लाई संयुक्त जन आन्दोलनमा ल्याउन सफल !
    २०४८ सालमा काठमाडौ बाट सर्वाधिक चर्चामा रहि तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई लाई समेत पराजित गराई काठमाडौका दुई वटा क्षेत्र बाट निर्वाचन जित्न सानदार रूपमा सफल र चर्चित ब्यक्तित्व!
    पाचौ राष्ट्रिय महाधिवेशन बाट नै बहुचर्चित र बहसको बिषयको रूपमा जनताको बहुदलीय जनवादको सुत्रधार एवं प्रतिपादक बनेर कार्यक्रम कार्यनीति र सिधाान्तको रूपमा नेकपा ( एमाले ) को महाधिवेशन बाट पारित गरेर सुस्पष्ट्र ढंगले अगाडि बढेको !
    जनताको बहुदलीय जनवाद एक महत्त्वपूर्ण बिचार:- विश्व कम्युनिष्ट आन्दोलनले खाएको धक्काको गंभिर विश्लेषण गरी माक्र्सवादको सृजनात्मक प्रयोगका रूपमा यो बिचार अगाडि सारीएको थियो! जवजका १४ विशेषताहरु;-
    १) संबिधानको सर्वोच्चता
    २) बहुलवादी खुला समाज
    ३) शक्तिपृथकिकरणको सिधाान्त
    ४) मानव अधिकारको रक्षा
    ५) बहुदलीय प्रतिस्पर्धाको प्रणाली
    ६) आवाधिक निर्वाचन
    ७) बहुमतको सरकार अल्पमतको प्रतिपक्ष
    ८) कानुनी शासन
    ९) जनताको जनवादी ब्यवस्थाको सुदृढीकरण
    १०) राष्ट्र हितमा बिदेशी पुजि र प्रबिधिको उपयोग
    ११) क्रान्तिकारी भुमिसुधार र क्षतिपूर्तिको ब्यवस्थापन
    १२) पन्चशिलको बिदेश नीति
    १३) जनसेवा र पहलकदमी द्वारा नेतृत्व
    १४) जनताको बहुदलीय जनवादी ब्यवस्था सहितको समाजवाद निर्माण
    आज जवजको औचित्य समाप्त भयो अब त समाजवादी युग प्रवेश भयो जवज त केवल निरंकुश राजतन्त्र हुदाको अवस्थामा आएको कार्यक्रम हो आदि इत्यादि भनेर जवजको बैचारिक उचाई लाई कतै कमजोर बनाउन सकिन्छ कि भनेर केही तत्व त प्रवृत्तिहरुले दिउसै स्यालहुईया मच्चाईरहेका छ्न ! जवज आफैमा विश्व परिबेषमा माक्र्सवादको सृजनात्मक रुप हो ! नेपालको हावापानी र माटो अनुसार सृजित र परिमार्जित सिधाान्त र बिचार हो ! आज समाजवादी युगको चर्चा परिचर्चा भैइरहदा पनि के नेपालमा अब स्थापना हुने समाजवाद भनेको निरंकुश र एकदलीय तानाशाही प्रवृत्तिको हुन्छ कि बहुलता सहितको समाजवाद स्थापना हुन्छ? के समाजवादमा जनता बाट अनुमोदित हुने कुरा विधि र संबिधान मान्ने कुरा सबै तोडिन्छ? यो कदापी हुन सक्दैन !अझै नेपाली समाजमा त बन्दुकको नालले राज्यसत्ता लिन्छु भन्ने क्रान्ति र रगत बगाएको पार्टी माओवादी समेत जबजकै मुलधारमा आएर अहिले हिडिरहेको कुरा घाम जत्तिकै छर्लङ्ग छ ! त्यसैले जवजको औचित्य सकियो भन्नू र जननेता क मदन भण्डारी लाई ओझेल पारेर कोहि महान बन्छु भन्नू दिवा सपना मात्र हो यो किमार्थ सम्भव छैन ! नेपालको मात्र नभैइ आज बिश्वकै कम्युनिष्ट बामपंथी आन्दोलन र समाजवादी देश भनिएका दक्षिण अमेरिकी देशहरु समेत यहि बाटो अबलम्वन गरेर अगाडि बढिरहेका छ्न ! त्यसैले जवज एउटा् जिबन्त बिचार हो !
    जवजका ३ महत्त्वपूर्ण चरणहरु:-

    क) सामन्ती निरंकुश ब्यवस्थाको अन्त्य !
    ख) समाजमा जरा गाढेर रहेका सामन्ती अबशेषहरुको अन्त्य !
    ग) सामन्ती उत्पादन समन्ध तोडेर श्रमजीवी बर्गको हित रक्षा गर्ने उत्पादन समन्ध स्थापना गरि समाजवाद्मा संक्रमण गर्ने समय !
    यसरी जनताको बहुदलीय जनवादले सुस्पस्ट्र खाका कोरेर जनताको समाजवादी ब्यवस्था स्थापना गर्ने कुरा स्पष्ट पारेको हुदा कुनै दिगभ्रममा नपरी पार्टी भित्र र बाहिर पनि प्रतिस्पर्धा र पहलकदमी लाई आत्मसात गरेको कुरा स्पष्ट छ !
    त्यसैले कार्ल माक्सले भने जस्तै ठोस परिस्थितिको ठोस विश्लेषण नै माक्र्सवाद हो”! जननेता मदन भण्डारीको जन्मजयन्तिको अवसरमा श्रदय जननेता कमरेड मदन भण्डारी प्रती उच्च सम्मान साथ भावपुर्ण श्रद्धाञ्जली ! जननेता कमरेड मदन भण्डारीले देखाएको बाटोमा अबिचलित रूपमा लागिरहन सकौ!
    धन्यवाद !