सशस्त्र प्रहरी निरीक्षक थापाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सशस्त्र प्रहरी निरीक्षक थापाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८१, शनिबार

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ब्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरी बलका इन्स्पेक्टर हुन् ।

    सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थित घरमा सुतेका उनलाई गएराति परिवारले अस्पतालमा लगेका थिए । उपचारको क्रममा उनको  भक्तपुर अस्पतालमा मृत्यु भएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले बताए । उनलाई हृदयघात भएको आशंका गरिएको छ । घटनाबारे प्रहरी वृत्त जगातेले अनुसन्धान शुरु गरेको छ ।