दोहोरो पासपोर्ट र सहकारी ठगीमा रविमाथि उच्चस्तरीय छानबिन हुनुपर्छः मुकुल ढकाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दोहोरो पासपोर्ट र सहकारी ठगीमा रविमाथि उच्चस्तरीय छानबिन हुनुपर्छः मुकुल ढकाल

    खबरपुञ्ज संवाददाता

    २६ असार २०८१, बुधबार

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेका महामन्त्री डा. मुकुल ढकालले दोहोरो पासपोर्ट र सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि उच्चस्तरीय छानबिन गर्नुपर्ने बताएका छन् ।

     सर्वोच्च अदालतले ‘छानबिन गर्नू’ भनिसकेको अवस्थामा रास्वपाले पनि उनीमाथि छानबिन गर्नुपर्ने ढकालको भनाइ थियो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले सर्वोच्च अदालतले छानबिन गर्न आदेश दिइसकेको अवस्थामा संसदीय छानबिन समितिले मात्र नपुग्ने बताएका हुन् ।

    हिजोको दिनसम्म केही जाहेरी/उजुरी परेको छैन भन्ने स्वीकार गरेका थियौं । सर्वोच्चले नै छानबिन गर्न भनेपछि पार्टी भित्रबाट पनि छानबिन गर्ने कि नगर्ने ? फैसलाअनुसार पार्टी भित्रबाट छानबिन गर्नुपर्छ,’ ढकालले भने, ‘दोहोरो पासपोर्टको सवालमा पनि स्वतन्त्र छानबिन गर्नुपर्छ । यसका लागि उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्छ ।’