भरतपुर १७ किलोमा ढुंगा खसेर लाग्दा बस चालकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भरतपुर १७ किलोमा ढुंगा खसेर लाग्दा बस चालकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८१, शुक्रबार

    चितवन । चितवनमा लेदो र ढुंगा खसेर लाग्दा बस चालकको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार लु २ ख ६५६६ नम्बरको बसमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको हो।

    भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित १७ किलोमा उक्त दुर्घटना भएको हो।  मृतक चालक नवलपरासीका मेघनाथ विक छन्।  उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी रिजालले जानकारी दिए।