


काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेले कारबाहीमा परेका डा. मुकुल ढकालको झुटको जवाफ दिन तलै झर्न नसक्ने बताएका छन् ।
वाग्लेले आइतबार राति सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘वर्षौको मिहेनत, इमान र लगनबाट आर्जन गरेको यो स्थान कुनै कारबाहीको तोडमा टक-शो धाएर बर्बराइएको झुटको जवाफ दिंदै हिंड्नलाई त म पनि तलै झर्न पर्ला, सरी, त्यसो गर्न सकिन्न। कुभलो चिताउने विपक्षीहरुलाई आफ्नो हैसियत देखाउन यो बर्बराहटले मद्दत नै गरोस्, शुभकामना ।’
यसअघि शनिबार प्रसारित एक अन्तरवार्तामा ढकालले स्वर्णिममाथि विभिन्न आरोप लगाएका थिए । त्यस्तै ढकालले आइतबार आफूलाई स्वर्णिमको सचिवालयबाट कुट्ने धम्की आएको बताएका थिए ।