यमल उत्कृष्ट युवा खेलाडी, रोड्रिगो ‘प्लेयर अफ दी टुर्नामेन्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    यमल उत्कृष्ट युवा खेलाडी, रोड्रिगो ‘प्लेयर अफ दी टुर्नामेन्ट

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०८१, सोमबार

    का​​​​​​ठमाडौं । स्पेनका १७ वर्षीय फरवार्ड लामिन यमल युरो–२०२४ को युवा खेलाडी बनेका छन् ।

    सोमबार जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै स्पेनले चौथोपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेका हुन् । 

    स्पेनलाई जित दिलाउन यमलले फाइनलमा एक असिस्टसमेत गरे । प्रतियोगिताभर सात खेलमा एक गोल गरेका उनले चार असिस्ट गरेका थिए । 

    यस्तै, स्पेनकै रोड्रिगो प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । सोमबारको जितसँगै स्पेन चारपटक युरो जित्ने पहिलो टिमसमेत बनेको छ । 

    स्पेनले यसअघि १९६४, २००८ र २०१२ युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।