दमाैली । झट्ट तस्बिर हेर्दा कुनै गाउँ जाने कच्ची सडक जस्ताे देखिन्छ । राताे माटाे, हिलाम्य सडककाे याे तस्बिरले त्यस्तै देखाउँछ । तर याे कुनै गाउँ जाने सडक हाेइन । याे त दमाैलीकाे मुख्यचाेकस्थित जिल्ला प्रहरी कार्यालय अगाडीकाे तस्बिर हाे ।
पृथ्वीराजमार्ग अन्तरगत तनहुँकाे व्यास नगरपालिका-३ मा राताे माटाे हालिदिएपछि सडक हिलाम्य भएकाे छ । सडक हिलाम्य हुँदा दुई पाङ्गग्रे सवारी साधन चिप्लिएर लड्ने जाेखिम बढेकाे छ ।
स्थानीय गलबहादुर गुरुङले बुधबार बिहान मात्रै थुप्रै पैदलयात्री देखि मोटरसाइकल, स्कुटर चिप्लिएर लेडेको बताए । उनले भने, ‘सडक पार गर्ने पैदलयात्रीदेखि विद्यालय जाने सानासाना विद्यार्थीलाई समस्या भएकाे छ । यो कुन तरिका हो माटो ल्याएर थुपार्ने ?’
उनले तुरुन्तै सरोकारवाला निकायले माटो हटाएर गिटी हाल्न आग्रह गरेका छन् ।