दमौलीमा मोहर्रम पर्व मनाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा मोहर्रम पर्व मनाइयो

    खबरपुञ्ज संवाददाता

    १ श्रावण २०८१, बुधबार

    दमौली । मुस्लिम समुदायको महान पर्व मोहर्रम दमौलीमा धुमधामका साथ मनाइएको छ । दमौली मुस्लिम अन्जुमन कमिटीको आयोजनामा नुरी हनफी जामे मस्जिद दमौलीमा मिलादुन नबीको कार्यक्रम आयोजना गरी हर्सोउल्लासका साथ मनाइएको हो ।

    सो अवसरमामा दमौलीका सम्पूर्ण मुस्लिमहरूले नेपालमा दिगो शान्ति छाओस्, सदियौदेखि विभिन्न जातजातिबीच रहेको धर्मिक सदभाव कायम रहोस भन्ने कामना गरेका थिए ।

    अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले मोहर्रमको १०औँ दिन आशुराको दिन र हुसेनको बहादुर बलिदानको सम्झना दिन भएको जानकारी दिए । आफूले चिताएको मनकामना पूर्ण हुने विश्वासका साथ यो पर्व मनाउने गरिएको उनको भनाई छ ।