निर्मल मावि २०४५ एसएलसी समूहद्वारा उज्यालो घरमा सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    निर्मल मावि २०४५ एसएलसी समूहद्वारा उज्यालो घरमा सहयोग

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०८१, आईतवार

    दमौली । निर्मल मावि २०४५ एसएलसी समूहले व्यास नगरपालिका-१० स्थित उज्यालो घरलाई भान्छा तथा घरेलु सामग्री सहयोग गरेको छ ।

    समूहका अध्यक्ष त्रिभुवन श्रेष्ठको नेतृत्वमा गएको समूहका पदाधिकारी तथा सदस्यको टोलीले १४ हजार बराबरको सामग्री सहयोग गरेको हो ।

    समूहले सामाजिक उत्तरदायित्वलाई जोड दिँदै आएको छ । समूहले १०८ फिट अग्लो व्यास मूति निर्माण, दीर्घरोगी, मिर्गौला, क्यान्सर पीडितलाई सहयोग गर्दै आएको छ ।

    समूहले यसअघि क्रियापुत्री भवन निर्माण, दमौली अस्पताललाई स्वास्थ्य सामाग्री, निर्मल माविमा छात्रवृत्तिका लागि रु एक लाखको अक्षयकोष स्थापना, कोभिडका समयमा निशुल्क खाना खुवाउन सहयोग गर्नुका साथै खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ ।