दमाैली । बिपी काेइरालाकाे ४२ औँ स्मृति दिवसका अवसरमा नेपाली काङ्ग्रेस व्यास नगर समितिकाे आयाेजनामा आइतबार वृक्षाराेपण र बिपीकाे शालिकमा माल्यार्पण गरिएकाे छ ।
स्मृति दिवसकाे अवसरमा व्यास नगरपालिका-५ पाटनस्थित पराशर आश्रम परिसरमा वृक्षाराेपण गरिएकाे हाे । त्यसक्रममा विभिन्न प्रजातिका बिरुवा राेपिएकाे छ ।
वृक्षाराेपणपश्चात् व्यास नगरपालिका-३ बिपी पार्कमा रहेकाे बिपीकाे शालिकमा माल्यार्पण गरिएकाे छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका निवर्तमान सभापति एवं व्यास नगरप्रमुख वैकुण्ठ न्याैपाने, गण्डकी प्रदेशका पूर्वमन्त्री डाेवाटे विक, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले लगायत नेता तथा कार्यकर्ता सहभागी थिए ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।