राष्ट्रपतीय चुनावी दौडबाट पछि हटे बाइडेन, कमला ह्‍यारिस नयाँ उम्मेदवार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    राष्ट्रपतीय चुनावी दौडबाट पछि हटे बाइडेन, कमला ह्‍यारिस नयाँ उम्मेदवार

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०८१, सोमबार

    काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारीबाट पछि हटेका छन् । बाइडनकै पार्टी डेमोक्र्याटिकबाटै विगत केही सातादेखि बाइडनलाई राष्ट्रपति दौडबाट पछि हट्न व्यापक दवाब आएपछि बाइडनले उम्मेद्वारी त्यागको घोषणा गरेका छन् ।

    बाइडनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिका रुपमा समर्थन गर्ने भएका छन् । निर्वाचनको झण्डै चार महिना अघि बाइडनले राष्ट्रपतिको दौडबाट पछि हटेका हुन् । रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पसँगको पहिलो चुनावी वहसमा राम्रो प्रदर्शन गर्न नसकेको र उमेरका कारण बाइडनले दोस्रो कार्यकाल काम सक्षम नभएको भन्दै व्यापक आलोचना हुँदै आएको थियो ।

    सन् २०२४ को राष्ट्रपति दौडबाट पछि हटे पनि यो कार्यकालको बाँकी अवधि भने कुशलतापूर्वक काम गर्ने बाइडनको भनाइ छ । आफ्नो उम्मेद्वारी फिर्ता लिएर बाँकी कार्यकालमा केन्द्रित हुन आफू आफ्नै पार्टी र देशको हितमा भएको बाइडनको भनाइ छ । नयाँ राष्ट्रपतिका रुपमा कमला ह्यारिसलाई आफ्नो पूर्ण समर्थन रहेको बाइडनले घोषणामा उल्लेख छ ।